स्थानीय तह निर्वाचन: आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १२:११:५९
२७ वैशाख काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आज राति १२ बजेबाट मौन अवधि लागु हुँदैछ । स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्षरविपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ । सामाजिक संजालबाट कसैको प्रचार गर्न र भ्रामक सूचना प्रवाह गर्न नपाइने आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता पालन भएरनभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ । आयोगले मुख्यमन्त्रीदेखि मेयरका उमेदवारसम्मलाई स्पष्टिकरण सोधिसकेको छ । यसैबीच, आयोगले आजदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवन नगर्न आग्रह गरेको छ ।
तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार