आजको मौसम: देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुने
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १३:३:१४
२७ वैशाख काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका छन् ।
दक्षिण बंगालको खाडीमा बनेको चक्रवात “असानी“ को अप्रत्यक्ष प्रभाव, स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको संयुक्त प्रभाव रहेकाले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमविद्ले बताएका हुन् । मंगलबार विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानमा र बाँकी भूभागको थोरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी बिहीबार दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। कर्णाली र सूदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका एकदुई स्थानहरूमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार