इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १९:२:५४
२७ बैशाख, काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत ‘सीओओ’ मा डा. राजिव सुब्बा नियुक्त भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गर्नुका साथै उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ ।
नेपाल प्रहरीको पूर्व डीआईजी सुब्बाले प्रहरीको सञ्चार निर्देशनालयको प्रमुख भएर समेत काम गरिसकेका छन् । नेपाल प्रहरीमा नयाँ नयाँ संचार तथा सूचना प्रविधि भित्राउनुका साथै नेपाल प्रहरी संचारलाई डिजिटाइजेसन् गर्न उनको महत्वपूर्ण योगदान रहेको छ ।
सुब्बा हाल त्रिभुवन विश्वविद्यालय र किंग्स कलेजमा भिजिटिङ प्रोफेसरको रूपमा समेत काम गरिरहेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ ।
नव नियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० उमेश रघुवंशीले एक कार्यक्रमका बीच स्वागत गर्दै सुब्बाको नेतृत्वमा इन्फोडेभलपर्स अझै उचाईमा पुग्ने बताए ,’ उनले भने, उहाँको नेतृत्वमा कम्पनीले नयाँ उचाइ छुने कुरामा म पूर्ण विश्वस्त छु ।’
२०५९ सालमा स्थापना भएको इन्फोडेभलपर्सले बैंकिङ तथा वित्तिय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर आफ्ना सफ्टवेयर विकास गरेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार