कामना सेवा विकास बैंकद्वारा दशौं शाखा रहित बैंकिङ सेवा सञ्चालन
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १९:४७:५७
२७ बैशाख, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा बैशाख १९ गते सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रिय सभापति भगवती यादव तथा डाक्नेश्वरी न.पा. वडा नं. ०७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका अन्य कर्मचारीहरु लगायत व्यवसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार