अहिलेसम्मको विकास एमालेले गरेको हो, भ्रममा परेर गठबन्धनका पक्षमा भोट नहाल्नूः ओली
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २१:२१:१७
२७ बैशाख, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म विकास एमालेले मात्रै गरेको दावी गर्दै भ्रममा परेर गठबन्धनमा पक्षमा मतदान नगर्न आग्रह गरेका छन् । उनले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन् ।
गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे । गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको ओलीको भनाई छ ।
उनले गठबन्धनको काम विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु मात्र रहेको बताए । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको भन्दै उनले प्रजातन्त्र पुनःस्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी गरे ।
कांग्रेसलाई विरोध गर्न मात्र आउने भन्दै ओलीले भने, ‘ढलेको धरहरा हामीले उठायौँ । तर, सेतो भ्युटावर भन्दा केही पनि हैन रे । उनीहरू हरेक कुरालाई नकारात्मक ढंगले हेर्छन् । धरहरा बनेकोमा पिर परेको छ । रानीपोखरी बनेकोमा पिर परेको छ । पुनर्निर्माण भएकोमा पिर परेको छ । पुरातात्विक महत्वका सामग्री निर्माण भएको र नौ लाख भूकम्पपीडितलाई घर बनाइदिएकोमा पिर परेको छ । मदन भण्डारी राजमार्ग र हजारौँ पुल बनेकोमा पीर परेको छ ।’
उनले हुलाकी राजमार्गअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा मात्र २७ वटा पुल बनेकाले के भनेर भोट मागेर जाने भन्नेमा संकट परेको बताए । कांग्रेसलाई लोकतन्त्रको बाटोमा फर्कन आग्रह गर्दै ओलीले भने, ‘कांग्रेसलाई अझै पनि लोकतन्त्रको बाटोमा फर्कनसचेत गराउन चहान्छु । लोकतन्त्रविरोधी अनेक जालझेल नगर्नुुस् ।’
उनले कांग्रेस एमालेविरुद्ध जे भेट्यो त्यही बोक्ने अवस्थामा पुगेको दाबी गरे । ‘कहीँ राप्रपा, कहीँ प्रचण्ड त कहीँ माधव नेपाल बोकेका छन्,’ ओलीले भने, ‘कांग्रेस एमाले विरुद्ध जो भेट्यो त्यही बोक्ने अवस्थामा पुग्यो ।’
उनले दमकको विकासका लागि एमाले नै चाहिने बताए । एमालेकै नेतृत्वले दमक विश्वमा चिनिएको दाबी गरे । ‘एमालेको लालकिल्ला दमकमा एमालेलाई पाँच दलीय गठबन्धनले नभएर राप्रपासहितको ६ दलीय गठबन्धन बनाएका छन्,’ उनले भने, ‘दमकमा पार्टी नर्हेनुस् । विकासका लागि एमालेलाई जिताउनुस् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार