अबदेखि सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गृहको निर्णय
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २१:४०:२४
२७ बैशाख, काठमाडौं । गृह मन्त्रालयले बिदाका दिन काम गर्ने कर्मचारीलाई त्यसको सट्टमा चाहेको बेला बिदा लिन सकिने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने गरी यस्तो निर्णय गरेको हो ।
हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा यस किसिमबाट कर्मचारीको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ । सरकारले परीक्षणको रुपमा आउँदो जेठ १ गतेदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गर्दैछ ।
गृह मन्त्रालयले शनिबार र आइतबार सार्वजनिक बिदा दिने, सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ५ः३० बजेसम्म निर्धारण गरेको छ । यसैगरी, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म रहनेछ ।
२०७९ सालका लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने विभिन्न सरकारी संस्था र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहमा यो नियम लागू हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार