प्रमुख बन्ने तयारीमा वडाध्यक्षहरू
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २१:५४:४४
♦ ♦
२७ बैशाख ,सप्तरी । स्थानीय तहको निर्वाचनका लागि तीन दिन मात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारको सक्रियता झनै तीव्र बन्दै गएको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको काम, कर्तव्य र अधिकार पुरानो स्थानीय निकायको भन्दा व्यापक बनाइएको छ।अर्थात् स्थानीय तहलाई स्थानीय सरकारको अवधारणाअनुसार अघि सारिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत वडाध्यक्षले वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, कार्यान्वयन गर्ने–गराउने, अनुगमन र आवधिक समीक्षा गर्ने, घटना दर्तासहित विभिन्न सिफारिस तथा प्रमाणितसम्बन्धी कार्य गर्नेलगायतको प्रशस्त अधिकार र प्रयोग गर्न पाउने भएकाले पनि स्थानीयत तहमा पदाधिकारीको आकर्षण बढेको हो ।
अहिले यही स्थानीय सरकारको प्रमुख बन्ने दाउमा नगरप्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवार आफ्नो क्षेत्रभरि घुम्न मुस्किल भए पनि वडाध्यक्ष र सदस्यभने दोहो¥याएर आफ्नो वडा घुमेका छन् ।यस अघिको निर्वाचनमा देशभर छ हजार ७४३ वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाको १८ स्थानीय तहमा गत निर्वाचनबाट १६४ वडाध्यक्ष निर्वाचित भएका थिए । अहिले वडाध्यक्षका लागि जिल्लामा एक हजार दुई जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चार महिलासहित ९३ र गाउँपालिकामा प्रतिस्पर्धा गर्ने चार महिलासहित १०३ जना छन् । स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिनेमा १९६ मध्ये पाँच जना गत निर्वाचनमा वडाध्यक्ष बनेका पनि छन् । पाँच वर्षमा गरेका काम र लोकप्रियताका आधारमा दलहरूले वडाध्यक्षलाई प्रमुख र अध्यक्षमा टिकट दिएको विष्णुपुर गाउँपालिका–६ का अशोक यादवले बताए। प्रमुखमा टिकट नपाउनेहरूले वडाध्यक्षमै उम्मेदवारी दोहो¥याएको भने प्रशस्तै छ ।
शम्भुनाथ नगरपालिका
शम्भुनाथ नगरपालिका–१ का वडाध्यक्ष भइसक्नुभएका इनरदेव साहले अहिले नगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएको छ । नेकपा (एमाले)बाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित उहाँले प्रमुखमा उम्मेदवारी पाउनुभएको हो । गएको चुनावमा ४४ मतले पराजित अर्का प्रतिस्पर्धी जितेन्द्रप्रसाद गुप्ता कलवारले नेकपा (एकीकृत समाजवादी)बाट पुनः नगरप्रमुखमा उम्मेदवारी दिनुभएको छ । जम्मा १२ वटा वडा रहेको नगरपालिकामा २३ हजार ८६३ मतदाता छन् । यो पालिकामा प्रमुख राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवार सहित १० जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् ।
सप्तकोशी नगरपालिका
सप्तकोशी नगरपालिका–१ का वडाध्यक्ष रहेका नारायणप्रसाद आचार्य नेकपा (एकीकृत समाजवादी)बाट नगर प्रमुखको दाबेदार हुनुहुन्छ । एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका उनले आचार्य पार्टी विभाजनपछि अहिले उक्त सक्रिय भएका छन् । यसैगरी गत निर्वाचनमा नगरप्रमुखमा विजयी बनेका उत्तमकुमार शर्माले पुनः एमालेबाटै उम्मेदवारी दोहो¥याएका छन् । जम्मा ११ वडा रहेका उक्त नगरपालिकामा १५ हजार ४६१ मतदाता छन् ।
बोदे बर्साइन नगरपालिका
बोदे बर्साइन नगरपालिका–३ का वडाध्यक्ष रहनुभएका अनोजकुमार यादवले पनि अहिले नगरप्रमुखमा उम्मेदवारी दिएका हुन । । सङ्घीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका उहाँ अहिले एमालेबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएको हो । जसपाबाट नगरप्रमुखमा आतेशकुमार सिंह यादवले उम्मेदवारी दिने निश्चित देखेपछि उहाँ एमालेमा प्रवेश गरेका हुन । । जम्मा १० वडा रहेको नगरपालिकामा २७ हजार ६५५ मतदाता छन् ।नगरप्रमुखमा प्रमुख राजनीतिक दलसहित आठ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
छिन्नमस्ता गाउँपालिका
शक्तिपीठ रहेको छिन्नमस्ता गाउँपालिका–३ बाट स्वतन्त्ररुपमा वडाध्यक्षमा निर्वाचित दीपेन्द्रकुमार यादवले अहिले अध्यक्षमा उम्मेदवारी दिएका हुन । । बडाध्यक्ष भएपछि उनले सङ्घीय समाजवादी फोरम प्रवेश गरेका थिए । स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको एक साताअघि नेकपा (एमाले) प्रवेश गर्नुभएका यादवले अध्यक्षमा उम्मेदवारी दिएका हुन । । गत निर्वाचनमा सो गाउँपालिका एमालेबाट अध्यक्षमा उम्मेदवारी दिनुभएका जयप्रकाश ठाकुरले भने वडा नं ५ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । जम्मा सातवटा वडा रहेको गाउँपालिकामा १७ हजार ७५७ मतदाता छन् ।
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका–१ का वडाध्यक्षमा निर्वाचित विनोदकुमार यादवले अहिले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएके छन । गत निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट विजयी भएका उनले एक साताअघि माओवादी केन्द्रमा प्रवेश गरी अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जयप्रकाश यादवले पार्टी परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्षमा उम्मेदवारी दिएका छन् ।जम्मा सातवटा वडा रहेको गाउँपालिकामा १७ हजार ७५७ मतदाता छन् ।
गत स्थानीय तहमा वडाध्यक्षमा निर्वाचित दीपेन्द्रकुमार यादव एमालेबाट, गाउँपालिका अध्यक्षमा निर्वाचित सूर्यनारायण मण्डल नेपाल सद्भावना पार्टीबाट, पूर्वगाविस अध्यक्ष सत्यनारायण यादव जसपाबाट र जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव जनता प्रगतिशील पार्टीबाट अध्यक्ष पदको उम्मेदवार बनेका छन् । उक्त गाउँपालिकामा उनीसहित १४ जना अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
पुष १७, २०८१ बुधबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार