निर्वाचन आयोगद्वारा काठमाडौंका मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २१:५०:४९
२७ बैशाख, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं जिल्लाका स्थानीय तहको निर्वाचनका लागि काठमाडौं जिल्ला निर्वाचन कार्यालय मार्फत विभिन्न मतदान स्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।
एकै चरणमा वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि जिल्ला समन्वय समितिको कार्यालय काठमाडौंबाट निर्वाचन सामग्री लैजान सुरु भएको हो । निर्वाचनमा खटिएका कर्मचारीहरुले मंगलबार कार्यालयबाट आ–आफ्नो मतदान स्थलमा चाहिने निर्वाचन सामग्री लैजान थालेका हुन् ।
काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुरप्रसाद भट्टराईले काठमाडौंमा एक महानगरपालिका, १० वटा नगरपालिकाका गरी १३८ वडामा निर्वाचन हुने जानकारी दिए । यी नगरहरुमा ११ वटा प्रमुख–उपप्रमुख पदका साथै हरेक वडामा वडाअध्यक्षसहित सदस्य पदहरुमा वैशाख ३० गते मतदान हुँदैछ ।
काठमाडौं जिल्लामा ३२० मतदानस्थल र ७५९ केन्द्र छन् । काठमाडौंमा छ लाख ३७ हजार ७७५ मतदाताले मतदाधिकारको प्रयोग गर्दैछन् ।
काठमाडौंमा एक महानगरपालिकासहित ११ वटा नगरपालिका छन् । जसमा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार