कांग्रेसले जिते पश्चिम सेती र डडेल्धुरालाई प्रदेशको राजधानी बनाउँछुः देउवा
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २२:३:२१
२७ बैशाख, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताएका छन् । मंगलबार डडेल्धुराको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भौतिक संरचना तयार गरेर प्रदेश राजधानी डडेल्धुरा बनाउने आश्वासन दिएका हुन् ।
डडेल्धुराका सातै स्थानीय तहमा कांग्रेसलाई जिताए राजधानी डडेल्धुरा ल्याउने उनको भनाई छ । कर्ण मल्ललाई लक्षित गर्दै उनले कसैले डडेल्धुरालाई राजधानी बनाएन भनेर झुटो अफवाह फैलाएको आरोप लगाए । डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचनाहरू नभएका कारण राजधानी नबनाएको उनको तर्क थियो ।
‘डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचना थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ,’ उनले भने, ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ। त्यो कुन ठूलो कुरा हो भो ? पालमुनि सभाहल बनाउन सकिँदैन ।’
देउवाले बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत परियोजन बनाउने समेत आश्वासन दिएका छन् । यसका लागि भारतसँग कुरा भइरहेको उनको भनाई छ ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले यस विषयमा कुराकानी गर्ने बताए। ‘पश्चिम सेती आन्तरिक लगानीमा निमार्ण गर्न सम्भव छैन। चिनियाँ कम्पनीले निर्माण गरेको विद्युत भारतले किन्दैन। त्यसैले भारतलाई नै पश्चिम सेतीको जिम्मा दिने तयारी भइरहेको छ,’ उनले भने।
उनले डडेल्धुराको पूईलेकमा विमालस्थल निर्माणको काम अगाडि बढाएको बताए । यस्तै देउवाले जिल्ला सदरमुकाममा बसपार्क, पोखरा बेलारपुर, उग्रतारा मेलैली सडक कालोपत्र गर्ने, मेडिकल कलेज सञ्चालन गर्ने, जिल्ला सदरमुकामको सडक फराकिलो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाई जिताउनसमेत आग्रह गरे। हरुवा र सरुवालाई नभएर रूखमा मतदान गर्न उनले अपिल गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार