ओलीप्रति जनताको विश्वास र भरोसा टुटिसकेकाले एमाले पहिले जस्तो छैन्ः महामन्त्री शर्मा
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २२:१५:५०
२७ बैशाख, झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले पहिलेको जस्तो नरहेको बताएका छन् । उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो भएजस्तो यसपटक सहज नभएको बताए । यद्यपि, त्यो बेला कांग्रेस दोस्रो भए पनि एमालेसँग ठूलो फरक नरहेको बताए ।
गृह जिल्ला झापाको दमकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले २९३ स्थानीय तह जित्दा कांग्रेसले २६६ स्थानीय तह जितेको बताए । २७ वटा स्थानीय तहको फरकमा मात्र कम जितेर दोस्रो भएको र कांग्रेस त्यो बेला पनि कमजोर नभएको उनको भनाई छ ।
उनले भने, ‘त्यो बेला एमालेलाई तीन–तीन जना पूर्वप्रधानमन्त्रीको साथ थियो । झलनाथ खनाल र माधव नेपाल अहिले हुनुहुन्न । पूर्वउपप्रधामन्त्री वामदेव गौतम पनि हुनुहुन्न । अहिले केपी ओली एक जना मात्र हुनुहुन्छ ।’ उनले एमाले ठूलो भएर उसका विरुद्ध तालमेल नभएको बताए । उनले ओलीको अंकारविरुद्ध पाँच दलीय गठबन्धन बनेको बताए ।
महामन्त्री शर्माले ओलीप्रति जनताको विश्वास र भरोसा टुटेको बताए । ‘मलाई एमाले कार्यकर्ताले भन्नु भएको छ । हामी हिजो जुन ऊर्जामा थियौँ, आज मुर्जाएका छौँ । हिजो जुन जाँगर थियो । आज सिथिल भएको अवस्था छ । जनताका सामुन्य जवाफ दिन नसक्ने गरी प्रश्नहरू हामी माँझ छन् भनेर एमाले कार्यकर्ता भनिरहेका छन् ।’
उनले भने, ‘दमकलाई के आग्रह गर्न चहान्छु भने प्रश्न चुनाव जित्ने मात्र हैन । तपाईंले यो बेलामा दमकले तेर्साउने पर्ने धेरै प्रश्न छन् । यो बेला जनताले सोच्नुपर्छ ।’ महामन्त्री शर्माले ओलीको नेतृत्वमा स्थिरताको नारा दिएर माओवादीसँग एकता गरेको भन्दै अहिले स्थिरता कहाँ गयो ? भन्दै प्रश्न गरे । ‘दुई वटा कम्युनिस्ट पार्टी गाँसिँदा नेपालको कम्युनिस्ट आन्दोलनले नेपालको मुहार बदल्ने छ भनेर कम्युनिस्ट कार्यकर्ताले देखेको सपना अहिले कहाँ छ ?।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार