रिभर फल्स पावरको आईपीओ आजबाट बिक्री खुला
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १२:१०:५०
२८ वेशाख काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ ।
आईपीओमा आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँबराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । रिभर फल्सले यसअघि आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँअंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने सात लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरी बाँडफाँड गरेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस आईएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार