लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन मूर्धन्य स्रष्टा सम्मानित
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १३:७:५२
२८ बैशाख, काठमाडौं । श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ ।
साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार(बैशाख २७ गते) काठमाण्डौको अग्रवाल सेवाकेन्द्र भवनमा आयोजित भव्य समारोहका बीच तीन मूर्धन्य स्रष्टालाई सम्मान गरिएको हो ।
साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो ।
सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन् । समारोहमा प्रा.डा. उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । हालसम्म साहित्यकला मन्दिरबाट करिब १० दर्जन स्रष्टाहरुले सम्मान पाइसकेका छन् । स्रष्टा सम्मान समारोहमा सम्मानित भएका स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धरले साहित्यकला मन्दिरले लामो समयदेखि सह्रानीय काम गरिरहेको र यही कामका कारण साहित्य कलाको क्षेत्रमा यसले विशिष्ट स्थान बनाइसकेको बताए ।
उनले साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले स्रष्टाहरुलाई सम्मान गर्ने कामको सुरुवात २८ वर्षअघि नै गरेका र अहिले यसले परम्पराको रुपमा निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । साहित्यकला मन्दिरका अध्यक्ष तथा चर्चित कवि तथा गीतकार बसन्त चौधरीले ‘स्रष्टा सम्मान’को २८ औं वर्षको उत्सव मनाउन पाउँदा आफूलाई खुशी लागेको बताए ।
उनले सिर्जनामार्फत समाजका हरेक क्षेत्र प्रतिबिम्बित हुने उल्लेख गर्दै सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको बताए । ‘साहित्य होस् या संगीत, कला होस् या रंगमञ्च, यी सिर्जनशील विधाले सदैव हामीलाई अँध्यारोबाट उज्यालोतर्फको यात्रामा डोहोर्याउँछन् ।’ उनले भने–‘भनिन्छ नि तमसोमा जोतिर्गमय । साहित्यकलाले हामीलाई मनको अन्धकारबाट निकालेर सिर्जनाको चहकिलो उज्यालोतर्फ डोहोर्याउँछ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. उषा ठाकुरले बसन्त चौधरीले साहित्य कला क्षेत्रका लागि निरन्तर गर्दै आउनुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेकी थिइन् । साहित्यकला मन्दिरले प्रत्येक वर्ष स्रष्टा सम्मान तथा विभिन्न कृतिहरु समेत प्रकाशन गर्दै आएकोमा बधाई दिंदै यस्तो कामले निरन्तरता पाउने अपेक्षा समेत व्यक्त गरिन् । चौधरीको प्रयासले देशका साहित्य तथा कलामा जीवन समर्पित गर्नेहरुलाई प्रोत्साहन भइरहेको समेत उनको भनाई थियो ।
बसन्त चौधरी सफल उद्योगपति मात्र नभएर वरिष्ठ कवि, देशभक्त स्रष्टा तथा कर्मठ व्यक्तित्व रहेका समेत उनले सोक्रममा बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै बसन्त चौधरी फाउण्डेसनका उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाँलाई प्रोत्साहन गर्ने आफूहरुको परिवारको परम्परा नै रहेको उल्लेख गर्दै आगामी दिनमा साहित्य कला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाइन् ।
साहित्यकला मन्दिरका उपाध्यक्ष वरिष्ठ कलाकार हरिहर शर्माले आफूहरुले सम्मानका लागि मूर्धन्य व्यक्तिको छनौट गर्ने गरेको र यसले सम्मानकै गरिमा समेत बढिरहेको उल्लेख गरे । समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पण समेत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
कलायात्राको २० वर्षे यात्रामा तुलाधरले पाए अपेक्षा नगरेको उपहार
जेठ २९, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार