रुकुमपूर्वको सबै केन्द्रमा पुगे मतदान अधिकृत
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १३:३४:२९
२८ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको सबै मतदान केन्द्रमा मंगलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए ।
अन्य सबै मतदान केन्द्रमा भने मंगलबार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मतदान केन्द्रमा पुगेर पनि उनीहरूले काम सुरु गरिसकेका छन् । सबैले सम्बन्धित मतदान केन्द्रमा सर्वपक्षीय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा बिक्री वितरणमा बन्देज, हातहतियार लिएर मतदान केन्द्रमा जान नपाइने लगाएका सूचना टास गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । भौगोलिक हिसाबले विकट यस जिल्लाको सिस्ने–१, पुथाउत्तरगङ्गाको १, २, ३ लगायतका वडाहरूमा खटिएकाहरू दुई दिन लगाएर पुगेका छन् ।
अब उनीहरूले २८ र २९ गते स्वयंसेवकमार्फत मतदान केन्द्रमा मतदाता शिक्षा कायर्यक्रम सञ्चालन गर्नेछन् । मतदान सकिएपछि पनि सम्बन्धित पालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याउन टाढाको मतदान केन्द्रबाट साढे एकदेखि दुई दिनसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत लवटले बताए। मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्ने अनुमान गरेकाले पानी प¥यो भने यस जिल्लामा बिजुली र फोनको समस्याले निर्वाचनको काम प्रभावित हुन्छ कि भन्ने डर पनि रहेको उनले बताए ।
सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनको दिन पानी पर्न सक्ने कुरालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको उनको भनाइ छ । रुकुमपूर्वमा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८९४ पुरुष र १६ हजार ६२४ महिला गरी ३३ हजार ११८ मतदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार