स्थानीय तहमा मताधिकारको उपयोग गर्न आह्वान : सुशील कोइराला मेमोरियल फाउन्डेसन
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १७:३९:३०
२८ बैशाख ,काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानप्रदत्त मतदानको अधिकारको सदुपयोग गरी मुलुकमा शान्ति, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागि आ–आफ्नो ठाउँबाट ऐतिहासिक भूमिका निर्वाह गर्न आह्वान गरेको छ । संविधानसभाबाट जारी नेपालको संविधान २०७२ अनुसार हुन लागेको दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी भई वडा एवं टोल तहसम्म लोकतान्त्रिक अभ्यासमा जुट्न पनि फाउन्डेसनले आम जनसमुदायमा अनुरोध गरेको हो ।
दोस्रो संविधानसभा निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सबैले स्वीकार गरी पूर्णरुपमा कार्यान्वयनमा अघि बढिसकेको फाउन्डेसनले उल्लेख गरेको छ ।फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्द विज्ञप्तिमा निर्भिक भएर आफ्नो मतदानको अधिकारको उपयोग गर्न अनुरोध गरेका छन । जनताको घर आँगनमा विकासको लहर एवं सार्वजनिक सेवा प्रवाह गर्ने स्थानीय सरकारको नेतृत्व छान्ने अवसरलाई नगुमाई सभ्य एवं सुसंस्कृत अभ्यासका आधारमा प्रतिस्पर्धा गर्न पनि फाउन्डेसनले सबैको ध्यानाकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
माघ ६, २०८१ आइतबार
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’
माघ ५, २०८१ शनिबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार