प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार २०:२१:०
♦मोहम्मद सदरुल
२८ बैशाख , विराटनगर । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् । जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् ।
प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख, १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
नेपालको संविधान २०७२ जारी भएपछि भएको यो स्थानीय तह निर्वाचन दोस्रो हो । राजनीतिक दलहरुले मौन अवधि सुरु हुनुभन्दा अगावै प्रचारप्रसार, चुनावी सभा, घरदैलो कार्यक्रम, भेटघाट, ¥याली, कोणसभा जस्ता कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार प्रसारका कार्यहरु नभएको भए पनि यतिखेर मुलुक निर्वाचनमय भएको छ ।
निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित तुल्याउन प्रमुख जिल्ला अधिकारीले आ–आफ्ना जिल्लाको भूगोल, जनसङख्या, मतदान केन्द्र र मतदानस्थलको वास्तविकतामा उभिएर सुरक्षा व्यवस्थापन मिलएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन ।
उहाँहरुले सुरक्षाका लागि जिल्लाको वस्तुस्थितिलाई मिहिन ढङ्गले अध्यायन गरेर निर्वाचनमा सुरक्षा प्रबन्ध गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताएका छन । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।
निर्वाचनको खटनमा नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका २३२, म्यादी प्रहरी एक हजार ८७ जना र कर्मचारी एक हजार ३० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनका अनुसार यस जिल्लामा ५८ स्थान संवेदनशील र ३५ स्थान अतिसंवेदनशील पहिचान गरी निर्वाचनमा सुरक्षाको उचित एवं मजबुत प्रबन्ध मिलाएकोले कुनै पनि अप्रिय घटना हुने सम्भावना न्यून छ भने ।
मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि ३०० मतदानस्थल र ८२० मतदान केन्द्र कायम भएको छ । मोरङमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्रका ६८६, म्यादी तीन हजार १२४ गरी कुल १३ हजार ६७ जना राष्ट्रसेवक कर्मचारी परिचालन भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
उनले तीन घेरमा सुरक्षा निकाय परिचालन भएको, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाको टोली बस्ने भएकाले कुनै पनि घटना हुन नदिने बताए ।
यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् । झापामा निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार ९००, सशस्त्र प्रहरीका ७५५, म्यादी प्रहरी दुई हजार ९१६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८०० खटिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
उहाँले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सतर्कता पनि अपनाएको बताउनुभयो । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदानस्थल र ५८१ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि यहाँ नेपाल प्रहरीका एक हजार १६६, सशस्त्र प्रहरीका ५१२, म्यादी प्रहरी दुई हजार ६८ र कर्मचारी दुई हजार ९०५ जना खटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
निर्वाचनको अहिलेसम्मको स्थिति हेर्दा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । यसैगरी, उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् ।
यहाँ पनि केही स्थान संवेदनशील र अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।उनले निर्वाचनमा सबै सुरक्षाको चाँजोपाजो मिलाइएको बताए। यहाँ म्यादी प्रहरी एक हजार पाँच जना परिचालन भएका छन् ।
निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष एवं मितव्ययी बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले मतदानस्थल र मतदान केन्द्रको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अवलम्बन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार