चिनियाँ सामग्रीको आयात बन्द
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार २०:२६:४४
२८ बैशाख, रसुवा । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
मङ्गलवार भने १३ ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको सीमा सुरक्षा पोष्टले जनाएको छ । मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रिया अनुसार सामान आयात बन्द गरिएको बताएका छन् ।
कोभिड–१९ सङ्क्रमण शुरु भएपश्चात् मानिसको आवतजावत बन्द नाकामा चिनियाँ सवारी चालकले मात्र एकतर्फी रूपमा रसुवागढी पु¥याउँदै आएका छन् । यस्तै अधिकांश कर्मचारी निर्वाचनमा परिचालित भइसकेकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै भन्सार जाँचपासको प्रक्रिया केही दिनका लागि स्थगन भएको रसुवागढी भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १७, २०८१ बुधबार
तराईमा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १७, २०८१ बुधबार
आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
पुष १७, २०८१ बुधबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार