सामाजिक सञ्जालबाट मेरो नाम लिएर भ्रम फैलाइयो : घिसिङ
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार २२:३६:४६
२८ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा खोलिएका नक्कली ट्विटर ह्यान्डलबाट गलत सूचना सम्प्रेषण भइरहेको बताएका छन् । यस्ता सूचनाहरूको भ्रममा नपर्न उनले अनुरोध गरेका छ ।
घिसिङले बुधबार विज्ञप्ती जारी गर्दै घिसिंङको नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्विटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘मेरो आधिकारिक ट्विटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।’
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनु हुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’ सामाजिक सञ्जालमार्फत उनको नाम लिएर भोट मागिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार