कैलालीका १३ वटै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिने
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १६:३२:३२
२९ बैशाख, धनगढी । स्थानीय तह निर्वाचनमा कैलालीका १३ वटै पालिकास्थित मतगणना स्थलमा सीसी टिभी क्यामरा जडान गरिने भएको छ । मतगणना स्थलको सुरक्षा र विश्वसनियतालाई ख्याल गरेर सीसी क्यामरा जडान गरिन थालिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत केही स्थानमा क्यामरा जडान भइसकेको छ । केही पालिकाको मतगणना स्थलमा क्यामरा जडान गर्ने तयारी गरिएको उनले बताए ।
‘सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाको सहकार्यमा मतगणना स्थलमा क्यामरा जडान गर्ने कार्य गरिरहेका छौं,’ भट्टले भने, ‘क्यामरा जडानपछि सहज हुनेछ ।’
उनले कैलालीका सबै ठाउँमा निर्वाचको तयारी अन्तिम चरणमा पुगेको बताए । सबै मतदान स्थलमा मतदान अधिकृत सहित निर्वाचन सामग्री पुगिसकेको छ ।
कैलालीमा २ सय ३६ मतदान स्थल तोकिएकामा ६ सय १९ मतदान केन्द्र राखिएका छन् । ती केन्द्रमा ३ हजार ९४ कर्मचारी खटाइएका छन् । ५२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार