पैसा बाँडेको आरोपमा एमालेका उम्मेदवार नियन्त्रणमा, सिमराका मेयर पनि समातिए
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १७:१८:५०
,२९ बैशाख काठमाडौं । स्थानीय तहको निर्वाचनमा मौन अवधिमा स्थानीयलाई पैसा बाँडेको आरोपमा स्थानीयले एमालेका दुई उम्मेदवारलाई नियन्त्रणमा लिएका छन् ।
सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राई र लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका–११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।
जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् ।
जोशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटनाबारे बुझ्न प्रहरीलाई भनिएको छ ।
यस्तै नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकोे हो ।
जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताएका छन् ।
यसैगरी बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो ।
माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् ।
महतोका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् । घाइते न्योपानेको अवस्था सामान्य छ । पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार