कांग्रेस उम्मेद्वार पैसा बाँड्न हिँडेको माओवादी कार्यकर्ताकाे आराेप
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १७:४९:२०
२९ बैशाख, गोरखा । गोरखामा नेपाली कांग्रेसका उम्मेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।
बिहीबार गण्डकी गाउँपालिका-५ दर्बुङबाट कांग्रेसका वडा सदस्य उम्मेद्वार रत्नमान श्रेष्ठसहितकाे टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् । मौन अवधिमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको आराेप लगाउँदै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।
श्रेष्ठ गण्डकी गापा-५ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य पदका उमेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिव जीवनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा२०च ४४०० नम्बरको बोलेरो जीपमा सवार थिए ।
स्थानीयले खबर गरेलगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको र जीप नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटनास्थल पुगेको थियो । ६ जना कांग्रेसका टोली जीपमा रहेछन् । उनीहरूलाई छाडेर जीप नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ’, श्रेष्ठले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार