गठबन्धनविरुद्ध लागेको भन्दै कांग्रेसले गर्यो भरतपुरका पाँच नेतामाथि कारवाही
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १९:१८:४७
२९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ ।
कांग्रेसले कारवाही गरेका भरतपुरका पाँच जना नेता कार्यकर्तामा पूर्व सांसद भिम बहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, नेपाल तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् ।
विज्ञप्ति अनुसार कांग्रेस जिल्ला कार्यसमिति चितवनले उनीहरु कांग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्धमा सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन्ध गर्न सिफारिस गरेको थियो । सोही अनुसार पार्टीले उनीहरुलाई निलम्बन गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार