राष्ट्रपति र विपक्षी दलका नेताबाहेक मतदानका लागि प्राय दलका मुख्य नेता उपत्यकाबाहिर
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार २१:४१:२२
२९ बैशाख काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भोली शुक्रबार देशभरका स्थानीय तहमा एकैसाथ निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदाताहरू उत्साहित हुँदै गाउँ फर्कंने क्रम जारी छ । काठमाडौं उपत्यकासहित जिल्लाकेन्द्रहरु सुनसान बन्दै गइरहेका छन् । बिहीबार दिउँसोतिरै उपत्यका दशैकै हाराहारीमा सुनसान भएको छ ।
मौन अवधि सुरु हुनु अगाडीसम्म चुनावी लहर आफ्नो पक्षमा पार्न देश दौडाहामा रहेको सत्ता गठबन्धन र विपक्षी दलका नेताहरुमध्ये धेरै जसो आ-आफ्नो क्षेत्रमा पुगिसकेका छन् भने केही पुग्ने क्रममा रहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामावली झापाबाट भक्तपुर अघिल्लै निर्वाचनमा सारिसकेकाले उनी उपत्यकामै रहनेछन् ।
संसदभित्र रहेका बाँकी दलका शीर्ष नेताहरु आफ्नो निर्वाचन र मतदाता नामावली भएको क्षेत्रमा पुगिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मतदाता नामावली काठमाडौंमै भएपनि उनले गत निर्वाचनमा मतदान गरेकी थिइनन् र यसपटक के गर्ने भन्ने निधो नभएको बताइएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको पनि मतदाता नामावली रोल्पामै छ । उनी पनि अहिले सम्म उपत्यकामै रहेकाले मतदान गर्ने नगर्ने कुनै जानकारी दिइएको छ । प्रधामन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई दिन अभिदेखि डडेल्धुरामै छ । उनी शुक्रबार मतदान सकेर मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।
सघीय संसद अन्तर्गत प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पर्वत पुगिसकेका छन् । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बुधबारदेखि चितवनमा छन् भनने उनले मौन अवधिका समयमा पनि राजनीतिक भेटघाट गरी मतदातालाई प्रभावित बनाएको आरोप लगाइएको छ ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट पुगेका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विराटनगर र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी पुगिसकेको बताइएको छ । यस्तै राप्रपा र राप्रपा नेपालका अध्यक्ष कमल थापा हेटौडा र राजेन्द्र लिङदेन पनि झापा पुगिसकेको बताइएको छ ।
कस्को मतदान केन्द्र कहाँ
राष्ट्रपति विद्यादेवी भण्डारीः काठमाडौंको चपलीस्थित वडा कार्यालय मतदान केन्द्र ।
उपराष्ट्रपति नन्दबहादुर पुनः रोल्पाको परिवर्तन गाउँपालिका–२ मा रहेको मतदान केन्द्र ।
प्रधानमन्त्री शेरबहादुर देउवाः डडेलधुराको गन्यापधुरा गाउँपालिकाको अग्रिसाम मावि मतदान केन्द्र ।
सभामुख अग्निप्रसाद सापकोटाः सिन्धुपाल्चोकको कुभिन्डेमा रहेको सतीदेवी पञ्चकन्या मावि केन्द्र ।
राष्ट्रियसभका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाः पर्वतको राम्जास्थित पशुपति मावि मतदान केन्द्र ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीः भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्र ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालः भरतपुरको शिवनगरस्थित शान्तिपुर प्रहरी विद्यालय केन्द्र ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालः रौतहटको गौरस्थित रामजानकी कन्या मन्दिर केन्द्र ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरः महोतरीको पिपरा नगरपालिकास्थित एकरैया केन्द्र ।
जसपाका अध्यक्ष उपेन्द्र यादव: विराटनगर महानगरपालिका–१४, डिग्री क्याम्पस केन्द्र ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनः झापाको हल्दिबारी–१ स्थीत वडा कार्यालय केन्द्र ।
राप्रपाका अध्यक्ष कमल थापाः हेटौँडा उपमहानगरपालिका–६ स्थित वंशगोपाल उच्च मावि केन्द्र ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलः काठमाडौंको धापासीस्थित स्काइलार्क स्कुल केन्द्र ।
कांग्रेस नेता रामचन्द्र पौडेलः तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि केन्द्र ।
नारायणकाजी श्रेष्ठः गोरखाको सिरानचोक–८ स्थित परोपकार माध्यमिक विद्यालय मतदान केन्द्र ।
झलनाथ खनालः इलामको सूर्योदय नगरपालिका–९ रम्पोक केन्द्र ।
डा. बाबुराम भट्टराईः गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्र ।
लोसपाका नेता राजेन्द्र महतोः सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित केन्द्र ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
विश्वको सबैभन्दा सानो शहर, जहाँ बस्छन ५२ जना मात्रै
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार