प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार २१:५३:३५
२९ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता–०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।
महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ ।
मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता प्रभावित गर्न सक्रिय बनेका छन् । बुधबार स्थलमार्गहुँदै भरतपुर आइपुगेका प्रचण्ड आफ्नो छोरी रेणु दाहालको निवासमा राति अबेरसम्म बसेर नेता कार्यकर्ताहरूलाई भेटेका थिए ।
आज बिहान पश्चिम चितवनको विभिन्न स्थानमा पुगेर प्रचण्डले गठबन्धनका उम्मेदवारको लागि भोट मागे । त्यसलगत्तै उनी आचारसंहिताको धज्जी उडाउँदै माडी पुगे ।
माडीको एक होटलमा बसेर २५–२५ जनाको समूहमा कार्यकर्तालाई भेटेर निर्वाचन आफ्नो पक्षमा पार्न निर्देशन दिए । माडीमा माओवादी केन्द्र भित्रको नारायणकाजी श्रेष्ठ र प्रचण्ड पक्षका कार्यकर्ताबीच विवाद रहेको छ । उनीहरूलाई फकाउन प्रचण्ड माडी पुगेका हुन् ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दुई वटा भिडियोको टुक्रासहित ठाडो उजुरी परेको बताए । ‘दुई वटा भिडियो राखेर आचारसंहिता उल्लंघन गरेको भनेर उजुरी परेको छ । भिडियोमा प्रचण्ड बाटोमा हिँडिरहेको देखिन्छन् । अरु प्रमाण राखिएको छैन,’ उनले भने ।
यसअघि मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध लिखित उजुरी परेको थियो । दाहालविरुद्ध दुई पटक स्पष्टिकरण सोधिसकेको उनले बताए ।
मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घर–घरमा पुगेर प्रचण्डले प्रभावमा पार्ने काम गरेको उजुरीमा उल्लेख गरिएको छ ।
त्यस्तै, मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरमा आर्थिक चलखेल गरेको भन्ने भिडियोसहित सूचना आएकोले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न माग गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी पनि चितवनमै छन् । होटल सिराइचुलीमा बसेर भण्डारीले स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा लागेका कार्यकर्तालाई फकाएर फिर्ता ल्याउन व्यस्त रहेको स्रोतले बतायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार