स्याङजाको तर्ले मतदान केन्द्रबाट ८४ बर्षिय अपाङ्गता भएका जेष्ठ नागरिक ढाल बहादुरद्वारा पहिलो मतदान
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १३:४३:४३
३० बैशाख, स्याङजा । स्थानीय तहको निर्वाचन अन्तर्गत आज भएको मतदानमा स्याङजाको चैतन्य भवानी आधारभूत प्रा वि विरुवा ८ तर्लेको मतदान केन्द्रबाट ८४ बर्षिय अपाङ्गता भएका जेष्ठ नागरिक ढाल बहादुर रानाले पहिलो मतदान गरेका छन् ।
उनले मतदान गरेपछि मतदान प्रक्रिया सुरु भएको नेपालबहस डटकमका प्रधान सम्पादक पत्रकार इन्द्रबहादुर रिजालले नेपालबहस डटकमलाई जानकारी दिए ।
उक्त मतदान केन्द्रमा अहिले शान्तीपूर्ण रुपले मतदान जारी छ भने जिल्लाका अन्य मतदान केन्द्रमा पनि शान्तीपूर्ण रुपले मतदान भइरहेको रिजालले बताए ।
आगामी पाँच वर्षका लागि स्थानीय तहमा जनप्रतिनिधि चुन्न आज मतदान भइरहेको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ । कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार