विजय र पराजय दुबै लोकतन्त्रका सुदृढ पक्ष हुनः अध्यक्ष दाहाल
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १४:४९:४१
३० बैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा हुने हारजित दुबै पक्ष लोकतन्त्रको सुदृढ पक्ष भएको बताएका छन् । निर्वाचनमा हुने हारजितलाई सबैले स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेपछि उनले जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुँदा लोकतन्त्र बलियो बन्न नसक्ने बताए । प्रचण्डले मतदातालाई स्वतन्त्रतापूर्वक आत्मविश्वासको साथ निर्वाचनमा सहभागी हुन पनि आह्वान गरे ।
यो निर्वाचन संविधान घोषणापछिको दोस्रो निर्वाचन प्रक्रिया भएकाले सफल हुनुपर्ने धारणा राख्दै उनले सबैले स्वतन्त्रतापूर्वक मतदान गर्नुपर्ने बताए ।
‘आफू हुर्केको ठाउँमा आएर मतदान गर्दा खुरसी लागेको छ । जित्ने र हार्ने निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्ने हुन्छ । जितहार हुनकै लागि निर्वाचन हुने हो ।’ प्रचण्डले भने ।
उनले मुलुक अप्ठ्यारोमा परेको अवस्थामा गठबन्धन भएको बताए । उनले आम नेपाली जनताले गठबन्धनको महत्त्व राजनीतिक स्थायित्व र विकास रूपमा लिनुपर्ने बताए ।
प्रचण्डले आफूले चितवनमा दिएको अभिव्यक्ति तोडमरोड गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । निर्वाचन प्रचारका क्रममा दाहालले चितवनमा मतदातालाई धम्याक्याएको आरोप लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार