गाउँठाउँको विकास चाहना राख्दै बैतडी र मोरङका ११३ वर्षीया दुई वृद्धाले गरे मतदान
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १७:५:३
३० बैशाख, काठमाडौं । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।
मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र गाउँठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताइन् ।
बैतडीमा ४४० जनप्रतिनिधि छान्नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।
यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् । आज बिहान उनले सुन्दरहरैँचा–७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन् ।
केन्द्रमा पहिलो मत नै अधिकारीले खसालेपछि मतदान सुरु गरिएको थियो । उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान केन्द्रसम्म पुगेकी थिइन् । उनका नाति खेम केसीले हजुरआमाको उमेर ११३ वर्ष पुगेको र अहिले पनि स्वास्थ्य राम्रो रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार