मतदान गरेपछि बालेन शाहले भने– हाम्रो अवस्था एकदमै राम्रो देखियो
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १७:१०:९
३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।
अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् । काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन् । उनले भने बिहान ११ बजेको समयमा मतदान गरेका हुन् । मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए ।
उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए । उनले सुरूमा बिहानै बसन्तपुर मतदान केन्द्रको अवलोकन गरेका थिए । त्यसपछि उनी महानगरभित्रका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका थिए । विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनी मतदान गर्न पुगेका हुन् ।
उनले ११ बजेको साइत जुराएर मतदान गरेका हुन् । उनले ११ः०३ बजे मतदान गरेका थिए । ‘सुरुमा हाम्रो स्थिति कस्तो छ भनेर हेर्न खोजेका थिए । हाम्रो स्थित एकदमै राम्रो छ । त्यसपछि म भोट हाल्न आए,’ शाहले भने ।
विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनले आफ्नो जीत सुनिश्चित भएको उनको भनाइ छ । काठमाडौंमा कुनै प्रकारको चुनौती नरहेको भन्दै अहिलेसम्म काम गर्ने मान्छे नभएको बताए । ‘काठमाडौंमा केही पनि चुनौती छैन । काम गर्ने मान्छे नभएर अहिलेसम्म समस्या भएको हो । हामी जितेर आएपछि काम गर्छौ,’ शाहले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार