विहान ११ बजेसम्ममा देशभरमा २७ प्रतिशत मत खस्यो: निर्वाचन आयोग
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १७:३९:४२
३० बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ । बिहान ७ बजेदेखि देशभर भइरहेको मतदानमा २७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान करिब सवा ११ बजेसम्म २७ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले लगभग २७ प्रतिशत मत खसेको रिपोर्ट आएको उनले नेपालबहसलाई बताए ।
बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अन्य मतदाता छन् ।
मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । विभिन्न मतदान केन्द्रमा भएका दोहोरो झडपका कारण कतिपय स्थानमा मतदान स्थगित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार