विवादका कारण सात जिल्लाका केही स्थानमा मतदान अवरुद्ध
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १८:५२:२२
३० बैशाख काठमाडौं । निर्वाचन आयोगले आज देशभर भइरहेको स्थानीय निर्वाचनमा अपरान्ह १२ बजेसम्म सात जिल्लाका केही स्थानमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ ।
आयोगका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको हो ।
अवरुद्ध भएको मतदान कार्य सूचार गर्ने प्रयास भइरहेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
आज देशका ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।
छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार