कैलालीका केही पालिकामा मतगणना सुरु
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १३:४९:२०
३१ वैशाख कैलाली । शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार गोलाप्रथाबाट छनोट गर्दा सबैभन्दा पहिले वडा नं ५ को गणना हुने भएको छ । वडा नं ५ पछि ३, ९, ४, ८, १, ७, २ र ६ नं वडाको गणना हुने भएको छ ।
लम्कीचुहा नगरपालिकामा ३३ हजार ९४८ मत खसेको छ । कैलारी गाउँपालिकामा ७८.१२ प्रतिशत मत खसेको छ । जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए । जानकी गाउँपालिकाका केही स्थानमा शुक्रबार बेलुका मतपेटिका उठाउने क्रममा विवाद भएको छ ।
वडा नं २ मा मतपेटिका उठाउने क्रममा विवाद भएपछि प्रहरीले हवाइ फायर गरेको थियो । जानकीमा अहिले ८ बजे सर्वदलीय छलफल मतगणना सुरु गर्नेबारे समय तोकिने बताइएको छ । जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने बताइएको छ । सबै ठाउँमा मतपेटिका सङ्कलन भइसकेकाले मतगणना सुरु गरिने छ ।
कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनासमेत आजदेखि नै सुरु हुनेछ । मतपेटिका सङ्कलनमा समय लागेकाले दिउँसोबाट मतगणना थालिने बताइएको छ ।
धनगढीमा पनि अहिले सर्वदलीय बैठक बसेर छलफलपछि मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।
जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालय कैलालीकाअनुसार कैलालीमा ६५ प्रतिशत मत खसेको छ ।
जिल्लामा ६१९ मतदान केन्द्रबाट निर्वाचन भएको हो । १३ स्थानीय तहमा पाँच लाख २५ हजार १२५ मतदाता रहेकामा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार