आईपीएल क्रिकेटमा पञ्जाबद्वारा बेङ्ग्लोर पराजित
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १३:५७:४
३१ वैशाख एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ५४ रनले हराएको छ ।
मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनायो । बेङ्ग्लोरका ग्लेन म्याक्सवेलले ३५, रजत पटिदारले २६ तथा कप्तान विराट कोहलीले २० रन जोडे । पञ्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २र२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।
पञ्जाबका लियाम लिभिङस्टोनले ७० तथा जोनी बेयस्र्टोले ६६ रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरङ्गाले २ विकेट लिए । जितसँगै १२ खेलमा १२ अङ्क जोडेको पञ्जाब छैटौँ स्थानमा उक्लिएको छ । बेङ्ग्लोर १३ खेलमा १४ अङ्ककासाथ चौथो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार