रसुवाको चार पालिकामा मतगणना जारी, कांग्रेसको अग्रता
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १९:१५:३१
३१ वैशाख, रसुवा । शुक्रबार सम्पन्न स्थानीय तहको निवार्चनको रसुवामा मतगणना जारी छ । जिल्लाको पाँचवटा गाउँपालिकामध्ये चार वटाको मतगणना चलिरहेको छ । शनिबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार आमाछोदिङ्मो, नौकुण्ड र उत्तरगयामा नेपाली कांग्रेस तथा कालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
कालिका गाउँपालिकामा आठ सय मत गन्दा अध्यक्षमा चार सय २७ मतसहित माओवादी अगाडि छ भने एक सय ६२ मत ल्याएर कांग्रेसले पछ्याइरहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसको दुई सय ९६ र नेकपा एमालेको एक सय ६१ मत छ ।
नौकुण्डमा अध्यक्षमा तीन सय ३० मतका साथ कांग्रेस पहिलो र एक सय २७ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा जनता समाजवादी पार्टीको दुई सय १० र नेकपा एमालेको ७१ मत छ । उत्तरगयाको अध्यक्षमा चार सय ३३ मतका साथ कांग्रेस पहिलो, तीन सय ९५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा कांग्रेसको चार सय ३८ र एमालेको चार सय १२ मत आएको छ ।
आमाछोदिङ्मो गाउँपालिकामा तीन सय ४९ मत सहित कांग्रेस पहिलो र दुई सय ५८ मतका साथ एमालेका अध्यक्ष दोस्रो छन् । उपाध्यक्षमा दुई सय ६४ मतका साथ माओवादी पहिलो र दुई सय ३४ मतका साथ एमाले दोस्रो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार