तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ १, २०७९ आइतबार १२:४२:१६
वि.सं.२०७९ साल जेष्ठ ०१ गते । आइतबार । ईश्वी सन् २०२२ मे १५ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि– चतुर्दशी, दिउँसो १२ बजेर ०८ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–स्वाती, दिउँसो ३ बजेर २५ मिनेट उप्रान्त विशाखा । योग– व्यतिपात, बिहान ०९ बजेर ३९ मिनेट उप्रान्त वरियान । करण–वणिज, दिउँसो १२ बजेर ०८ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर १४ मिनेट उप्रान्त बव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३८ पला । ज्येष्ठ संक्रान्ति , पुर्णिमाव्रत , स्याङ्जालसर्घा आलमदेवीपूजा , कुर्म जयन्ती ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहने छन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- मौसमी रोगको प्रकोपले समस्या निम्त्याउने छ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । पढाईलेखाईमा मन नजादा अरुभन्दा पछी परिने छ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहने छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- पतिपत्नीबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहने छ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनीतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाईदा गराउने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- पुराना कामहरु छोड्नाले आउने रकम आउने छैनन् । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम नै हुनेछ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने योग रहेको छ भने टाडिएर यात्रा गर्नुपर्दा मन दुखि हुनेछ । घर जग्गाको खरिद बिक्रि गर्दा सवारी चलाउदा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तरपनि कृषि तथा पशुपालन व्यवसाय भने फस्टाएर जानेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानि थोरै हुँदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाईसँग सामान्य कुरामा बिवाद बढ्नेछ भने बाहिरका मानिससँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेको छ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुबो बिगबिगी रहने छ । प्रेममा धोका हुने हुदा आजको दिन टाडै बस्नु नै बेस हुनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पती जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् भने तपाईको कुरा काट्नेहरुलाई पाठ सिकाउन सकिने छ । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्ने छ । पढाईलेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिने छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरेपनी आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा अबिश्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउने छ । बिद्यामा अरु भन्दा पछि परिने हुदा मन खिन्न हुनेछ । अवसरहरुको सदुपयोग गर्न नसक्दा बिभिन्न फाईदा जनक कामहरु अरुकै पोल्टोमा पर्ने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- कुनैपनी आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहने छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिने छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारीसाधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होईने छ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउने छ । पढाईलेखाईमा भने बिद्यार्थी बर्गहरुले अली बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिने छ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दीर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवनसाथिसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिने छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग मनमुटाब बढ्ने छ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछी परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहने छ । पढाईलखाईमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । मायाप्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवनसाथिसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार