इलामको सूर्योदय नगरपालिकामा कांग्रेस दुई, एमाले र माओवादी एक–एक वडामा विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १८:१:१
१ जेठ, इलाम । इलामको सूर्योदय नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षसहित पाँचै पदमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् । कांग्रेसका राजकुमार लिम्बूले एकीकृत समाजवादीका दिपेश राईलाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन् ।
लिम्बूले ८७३ मत पाउँदा राईले ८४७ मत पाए । तेस्रो भएका एमालेका उम्मेदवार धनकुमार तामाङले ७४५ मत प्राप्त गरे । खुल्ला महिला सदस्यमा मुन्ना कुमारी राई, दलित महिला सदस्य चन्द्रकला बिक, खुला सदस्यमा डिकबहादुर मगर र रोशन बुढाथोकी निर्वाचित भए ।
माङसेबुङ गाउँपालिका–१ मा भने एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका छन् । केन्द्रीय गठबन्धनभन्दा फरक गठबन्धन भएको माङसेबुङ–१ मा माओवादी केन्द्रका भूपाल योङहाङ वडाध्यक्ष निर्वाचित भएका हुन् ।
उनले कांग्रेस–जनता समाजवादी पार्टीका भक्तराज लिम्बूलाई १३३ मतले पराजित गरे । योङहाङले ७७३ मत पाउँदा लिम्बूले ६४० मत पाएका थिए ।
महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती, खुला सदस्यमा कांग्रेसका ठगबहादुर श्रेष्ठ र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू विजयी भएका छन् ।
इलाम नगरपालिका–२ मा भने एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गिरिराज रिजाल ७२४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँंग्रेसका विरेन्द्र राईले ६२६ मत प्राप्त गरे । महिला सदस्यमा मिना दाहाल, दलित महिला सदस्य सरिता दियाली, खला सदस्यमा शेरबहादुर खालिङ, र राजेन देवान विजयी भएका छन् ।
रोङ गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मनोहरि खड्का विजयी भएका छन् । उनले एमालेका उम्मेदवार मनोज खड्कालाई पराजित गरेका हुन् । कांग्रेसका मनोहरि खड्काले ६१० मत प्राप्त गर्दा एमालेका मनोज खड्काले ४८८ मत पाएका छन् । दुवै एकाघरका दाजुभाइ हुन् ।
दलित महिला सदस्यमा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छन् । अन्य सदस्यमा कांग्रेसका उम्मेदवारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार