३७ पालिकाको नतिजा सार्वजनिक : एमाले १५ र कांग्रेस ११ वटामा विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ सोमबार २:५७:५
१ जेठ काठमाडौं । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
पछिल्लो परिणामअनुसार नेकपा एमालेले १५ स्थानीय तह जित्दै पहिलो स्थानमा छ । अर्कातिर नेपाली कांग्रेसले ११ स्थानीय तह जितेर दोस्र स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ र नेकपा एकीकृत समाजवादी पार्टीले २ स्थानीय तह जितेका छन् । देशभर ७ सय ५३ तहमा एकैसाथ निर्वाचन भएको थियो। ६ सय ३४ स्थानीय तहमा मतगणना जारी छ ।
जसमा कांग्रेस २ सय ६४, एमाले १ सय ९०, माओवादी केन्द्र १ सय ७, नेकपा एकीकृत १२, जनता समाजवादी पार्टी जसपाले २७, अन्य दलले ३४ तहमा अग्रता लिएका छन् । पछिल्लो मतपरिणामलाई हेर्दा एमाले घट्दो क्रममा देखिएको छ। कांग्रेसले २०७४ को भन्दा केही तह बढाउने देखिएको छ । यस्तै माओवादी केन्द्रले पनि केही तह थप गर्ने देखिन्छ।
एमालेबाट विद्रोह गरेर गठन भएको नेकपा एकीकृत समाजवादीले कति तह जित्छ यसै भन्न कठिन छ, अहिलेसम्म २ स्थानमा निर्विरोधबाहेक उक्त पार्टीले जम्मा १२ स्थानीयमा मात्र अग्रता लिएको छ। तर, नेकपा एमालेले निर्वाचनको अन्तिम परिणाम नआई मतदानमा धाँधली भएको आरोप लगाएको छ।
नेकपा एमाले
१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८. साइपाल गाउँपालिका– बझाङ
९. बौदीकाली गाउँपालिका– नवलपुर
१०. थलारा गाउँपालिका– बझाङ
११. थासाङ गाउँपालिका– मुस्ताङ
१२. मालिका गाउँपालिका– म्याग्दी
१३. राइनास गाउँपालिका– स्याङ्जा
१४. महाकाली नगरपालिका– दार्चुला
१५. मेन्छेयाम गाउँपालिका– तेह्रथुम
नेपाली कांग्रेस
१. नार्पाभूमी गाउँपालिका– मनाङ
२. घरपोझोङ गाउँपालिका– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४. गुल्मी दरबार गाउँपालिका– गुल्मी
५. गन्यापधुरा गाउँपालिका– डडेलधुरा
६. मुसिकोट नगरपालिका– गुल्मी
७. खार्पुनाथ गाउँपालिका– हुम्ला
८. बडिकेदार गाउँपालिका– डोटी
९. तमानखोला गाउँपालिका– बागलुङ
१०. स्वामीकार्तिक गाउँपालिका– बाजुरा
११. लिखुपिके गाउँपालिका– सोलुखुम्बु
माओवादी केन्द्र
१. जगदुल्ला गाउँपालिका–डोल्पा
२. नौमुले गाउँपालिका–दैलेख
३. ताराखोला गाउँपालिका– बागलुङ
४. अपि हिमाल गाउँपालिका– दार्चुला
५. जन्तेढुंगा गाउँपालिका– खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका– उदयपुर
७. नौगाड गाउँपालिका– दार्चुला
८. थवाङ गाउँपालिका– रोल्पा
९. ताँजकोट गाउँपालिका– हुम्ला
नेकपा एकीकृत समाजवादी
१. काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
पुष १२, २०८१ शुक्रबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार