गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १७:४६:१९
२ जेठ, गोरखा । गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुन मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न दिएको छैन् ।
भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ । वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो ।
सर्वदलीय बैठक बस्दै
निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न तयारी गर्दागर्दै कांग्रेसले पुनस् मतगणनाको माग गरेको छ । अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।
‘१ मतान्तरले जितेपछि मतपरिणाम सार्वजनिक गर्नुअघि सर्वदलीय बैठक बसिरहेको छ । केही निर्णय आउला अनि मात्रै के गर्ने भन्न सकिन्छ’, रेग्मीले भने ।
मतान्तर आएकाले पुनमतगणनाको सम्भावना नरहेको उनले संकेत गरे । ‘बराबर आएको भए पुनस् गणना या के गर्ने भन्ने हुन्थ्यो । मतान्तर आईसक्यो । जति मतान्तर आएपनि, मतान्तर नै हो । त्यही पनि दलहरुले केही निर्णय गर्नुहोला । उनीहरुले सहमति जुटाउछन हुन्छ भन्ने नै छ’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार