तपाईको आजको राशीफल कस्तो छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार ११:४१:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal_MsVwNpnwhy.jpg)
वि.सं.२०७९ साल जेठ ०२ गते । सोमबार । ईश्वी सन् २०२२ मे १६ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि–पूर्णिमा, बिहान १० बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–विशाखा, दिउँसो २ बजेर १५ मिनेट उप्रान्त अनुराधा । योग–वरियान, बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त परिध । करण–बव, बिहान १० बजेर १५ मिनेट उप्रान्त बालव, बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–तुला, बिहान ०८ बजेर ३४ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ४१ पला । चण्डीपूर्णिमा , गौतमवुद्ध जयन्ती , बैशाखस्नान समाप्ति , घाँटुनृत्य विसर्जन, उभौलीपर्व , वन्दिकापुरमा चण्डेश्वरीरथयात्रा, गोरखनाथजयन्ती ,९स्वायापुन्हि ० रानिकोट श्रीवाघभैरव पर्व, ल।पु। गोटिखेलमा वैतरणीधामस्नान ।
मेष‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:-स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनीतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउने छ । जग्गा जमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- आवश्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिने छ । स्थाई सम्पतीको भरपुर प्रयोग गर्न पाईने छ । नाँफामुलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवा मुलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । बिहानको समय मध्यम रहेकोले मुद्दा मामिला तथा यस्तै बिषयमा सामेल भए हारिने सम्भावना रहेको छ ।
मिथुन‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- कुनैपनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्ने छ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागी केही समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कने छ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिने छ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पती पाउने योग रहेको छ । बैंक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिने छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाईने छैन । कृषि तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- बिहानको समय राम्रो रहेकोले गित संगितको क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ दिनेछ । होटल तथा रेष्टुरेन्ट पेशा व्यवसायमा आवद्ध रहनु भएकाहरुका लागी समयले साथ दिने छ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाईमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्ने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुने छ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइने छ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जाने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिने छ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- बिहानको समय पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले समयको गतीसँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिने छ । प्रसस्त तयारी गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेको छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- पछि लाभहुने कामको थालनी गर्न सकिने छ । शरिरमा घाउ,खटिरा तथा चोटपटकको भए रहने छ । आफन्तसँगको लेनदेन कारोबारले शत्रुत्रा बढ्ने छ । मायाप्रेममा सामान्य मनमुटाव बढ्ने तथा श्रीमान श्रीमतीबीचको सम्बन्धमा उतार चढाब बढ्ने छ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्ने छ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाईने हुँदा पद प्राप्तीको योग टरेर जाने छ । बिहानको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- परोपकार तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेको छ । समाजमा आफ्नो बर्गको नतृत्व लिने अवसर आएपनि काम गर्न नसक्दा मान सम्मानमा कमि हुनेछ । आफन्त तथा माता पितासँग मनमुटाब सिर्जना हुने योग रहेको छ । पढाईलेखाईमा समय दिएपनि भनेजस्तो सफलता हात नलाग्ने अधिक सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आउने हुनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।
तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार