बडीमालिका २ र ३ मा एमाले विजयी
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १७:४६:४२
जेठ २ काठमाडौं । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराका अनुसार उक्त बडीमालिका–२ मा एमालेका उम्मेदवार डम्बरबहादुर महतले ३१९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालबहादुर कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन् । कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा पनि चार मतले महतसँग पराजित भएका छन् ।
यस्तै बडीमालिक –३ मा पनि एमालेका अध्यक्षका उम्मेदवारसहितको सिङ्गो प्यानल निर्वाचित भएको छ । अध्यक्ष पदका उम्मेदवार डवलबहादुर रोकायाले ४०० मत ल्याएर निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी कांग्रेसका अध्यक्षका उम्मेदवार दलबहादुर रावलले १६१ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार