चन्द्रमाको माटोमा पहिलो पटक बोटबिरुवा उमारियो
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १८:४९:२१
२ जेठ, न्युयोर्क । वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसननमा संकलन गरिएको धुलोको सानो नमूना एक प्रकारको बनस्पति उमारेका थिए । धेरै अचम्मको विषय दुई दिनपछि बीउ अंकुरित भएको थियो । ‘म तपाईलाई बताउन सक्दिन कि हामी कति अचम्मित थियौं’, फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले भने ।
उनकाअनुसार चन्द्रमाबाट संकलित माटो र सामान्य माटोमा उमारिएका बिरुवाहरू झन्डै ६ दिनसम्म उस्तै देखिए । तर, ६ दिनपछि भने केही भिन्नता देखिएको थियो । त्यसपछि चन्द्रमाको माटोमा हुर्केका बिरुवाहरूले तनाव देखाउन थाले, ढिलो विकसित भए र साना देखिए ।
तर, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यसलाई ठूलो उपलब्धि भनेका छन् । ‘यो अनुसन्धान नासाको दीर्घकालीन मानव अन्वेषण लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि हामीले चन्द्रमा र मंगल ग्रहमा पाइने स्रोतहरू प्रयोग गरी भविष्यमा अन्तरिक्षमा बस्ने र काम गर्ने अन्तरिक्ष यात्रीहरूका लागि खाद्य स्रोतहरू विकास गर्न आवश्यक छ’, नासा प्रमुख बिल नेल्सनले भने ।
अनुसन्धानकर्ताहरूको लागि यो एउटा चुनौती पनि हो । किनकी थप प्रयोगका लागि चन्द्रमाको माटो पर्याप्त छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईका जिल्लामा शीतलहरको कहर, बढ्दोे जोखिममा कस्तो छ पूर्वतयारी ?
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार