डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १९:२६:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/rthtr-e1652687774550_mV6p5Y853e.jpg)
२ जेठ, डोल्पा । डोल्पा सदरमुकाम रहेको ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एसका कर्णबहादु रोकायले नौ सय ४५ भोट ल्याइ पराजित भए । उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले आठ सय ४८ मत ल्याएर विजय भएका छन् । उनको प्रतिद्धन्द्धी वीरबलकुमार भण्डारीले ६ सय ८६ मत ल्याएर पराजित भएका छन् ।
११ वडा रहेको ठुलीभेरीमा वडा नम्वर १ मा कांग्रेसका तेजेन्द्र रोकया, २ मा नेकपा माओवादी केन्द्रका कमल क्षत्री, वडा नम्वरमा ३ मा कांग्रेसका भक्त भण्डारी, वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा, वडा नम्वर ५ मा कांग्रेसकै भीमबहादुर रोकाय, वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की, वडा नम्वर ७ मा एमालेका ध्रुवविक्रम शाही, वडा नम्वर ८ मा नेकपा (एकीकृत समाजबादी) का मनराज ठकुल्ला, वडा नम्वर ९ मा कांग्रेसकै सुवास कठायत, वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत र वडा नम्वर ११ मा एकीकृत समाजवादीका भद्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?
फागुन ६, २०८१ मंगलबार
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
फागुन ६, २०८१ मंगलबार
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार