गर्मी मौसममा फेसनेबल देखिन के गर्ने ? ट्रेन्डी देखिन कस्तो पहिरन रोज्ने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_2iMmAyes8c.jpeg
)
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार २२:४४:३
![](https://nepalbahas.prixacdn.net/media/albums/1089458791_8a9cnzqN5q.png)
जेठ २ , काठमाडौं । यतिखेर तपाईले बैशाखलाई बिदाई गरेर जेठको पहिलो सातामा पुगेसंगंै गर्मीको मौसम पनि बढेको छ । अनि यो गर्मीमा के लगाउने कस्तो पहिरन सुहाउँछ ,एकातिर चिन्ता हुन्छ भने ,अर्को तिर गर्मीबाट कसरी बच्ने भनेर बिभिन्न उपाए अपनाइ रहेका हुन्छाैं । संगै हामीलाई गर्मी मौसम बढेसंगै महिलाहरूको दराजमा स्टाइलिस समर आउटफिटहरू देखिन्छन् । चर्को गर्मीमा आफुलाई फिट राख्न त्यती सहज छैन ।गर्मीले गर्दा काम गर्न जाँगर चल्दैन । अल्छी लाग्न सक्छ । तर, नियमित कामलाई थाँती नराखौं । हल्का व्यायाम गरौ, जुम्बा वा स्विमिङले पनि आफुलाई फिट राख्न फेसन पारखीहरूले गर्मी मौसममा फेसनेबल देखिन चुनौतीपूर्ण हुने गरेको गुनासाे तपाई हामी संग छदैं छ । एकातिर चर्को घामले बाहिर निस्कनै मुस्किल हुन्छ ।
भने् अर्कातिर गर्मीबाट बच्न र ट्रेन्डी देखिनुपर्ने हुन्छ । गर्मीको फेसनमा सबैभन्दा पहिला सहजतामा ध्यान दिनुपर्छ । जुन पहिरन आफूलाई सहज अनि सजिलो लाग्छ त्यही छनोट गर्नुपर्छ ।पछिल्लो समय पुरानो फेसन दोहरिन थालेको छ । अचेल बेली पाइन्ट लगाउने चलन छ । प्रिन्टेड सर्ट, बेली पाइन्टको फेसन पुनः दोहोरिएको छ । खासगरी पहिरनको छनोट आफ्नो पेसा, उमेर र अवसरअनुसार गर्नुपर्छ । फिटिङ पहिरनभन्दा लुज पहिरन सहज हुनुका साथैं शरीरमा टाँसिएको कपडाले पसिना आउने भएकाले गर्मी महसुस पनी गराउँछ ।
हिँडडुल गर्दा होस् वा कुनै काम गर्दा लुज वा हल्का पहिरन सहज हुन्छ । त्यो तपाई हामीले महशुस गरेको कुरो हो । गर्मीमा त्यसै पनि बढी पसिना निस्कने भएकाले फिटिङ पहिरन लगाउनु हुँदैन । लुज पहिरनमा पसिना आउने तथा बाफिने समस्या बाट हामीलाई छुटकारा मिल्छ । गर्मीमा छोटो पहिरन त्यति उपयोगी हुँदैन । घाममा बाहिर निस्कँदा शरीर पूरै ढाक्ने पहिरन लगाउनुपर्छ । यसले छाला कालो हुने, एलर्जी हुने, रुखो हुने जस्ता समस्या हुँदैन । सिफन, कटन, जर्जेटजस्ता फेब्रिकबाट बनेका पहिरन लगाउन सकिन्छ ।
गर्मीका लागि सबैभन्दा उपयोगी सेतो रंग हो । यो मौसमको सदाबहार रंग पनी हो । गाढा रंग गर्मीका लागि उपयुक्त हुँदैन । यसले झन् गर्मी महसुस गराउँछ । सेतो रंगका पहिरन लगाउँदा शीतल महसुस हुन्छ । सूर्यको परावैजनी किरणलाई परिवर्तित गर्ने भएकाले यो रंगको पहिरनको छनोट राम्रो हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार