दशरथचन्दको मेयरमा एमालेका लख्खाभाई, उपमेयरमा कांग्रेसका चन्द विजयी
नेपालबहस संवाददाता
जेठ २, २०७९ मंगलबार ३:४२:९
♦ सीपी लोहिया
२ जेठ, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्कर राज जोशी लख्खाभाई विजयी भएका छन् । अन्तिम मत परिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन् ।
अहिले वडा न. ५ को केहि मत गणना बाँकी रहेकै बेला लख्खाभाईले गणना हुनु भन्दा ५ गुणा बढीको मतान्तर बनाएका छन् । लख्खाभाईले अहिले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ । लख्खाभाई २०७४को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए । अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन् ।
यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन् । नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन् । उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।
एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न.१मा बिष्णु भट्ट, वडा न.२मा सुर्य बोहरा, वडा न.३मा अजव पाण्डेय, वडा न.४मा भानदेव भट्ट, वडा न. ७मा हरीदत्त बडु, वडा न.९मा मोहन देव जोशी, वडा न.११मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न.५ मा महेन्द्र कार्की, वडा न।८मा चामुसिंह थापा र वडा न.१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार