स्याङ्जाको बिरुवा गाउँपालिकामा एमाले विजयी
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १७:१२:१८
३ जेठ, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउँदा कांग्रेसका पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरे । पोखरेल विरुवा गाउँपालिकाको कांग्रेस सभापति समेत हुन् ।
यस्तै, उपाध्यक्षमा एमालेकै भगवती शर्मा विजयी भएकी छन् । निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थमनबहादुर गुरुङलाई १ हजार २ सय ६१ मतले पछाडि पार्दै विजयी भएकी शर्माले ४ हजार ९ सय ३७ मत प्राप्त गरेकी छन् । गुरुङले ३ हजार ६ सय ७६ मत प्राप्त गरे ।
यसैगरी बिरुवा गाउँपालिकाका ८ वडामध्ये १ मा कांग्रेसका राजेन्द्र केसी, २ मा कांग्रेसकै नोमबहादुर गुरुङ, ३ मा माओवादी केन्द्रकी मनुकुमारी थापा, ४ मा कांग्रेसका मुक्तबहादुर गुरुङ, ५ मा एमालेका नवीन थापा, ६ मा एमालेका कृष्ण क्षेत्री, ७ मा कांग्रेसका मेखराज गुरुङ र ८ मा एमालेका नवीन आले निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार