नबिल र एनबी बैंकबीच मर्जरबिरुद्धको रिट कार्की र ढुंगानाको इजलाशमा
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १७:२४:४२
३ जेठ, काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर रोक्न सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ मंगलबार हुँदैछ । रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा परेको छ ।
यसअघि तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भन्दै सर्वोच्चले आदेश दिएको थियो । मंगलबारका लागि डाकिएको संयुक्त इजलाशमा विपक्षीलाई पनि झिकाइएको छ । इजलाशले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जरको काम रोकिनेछ ।
लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो । कम्पनीले हालेको रिटमा एकल इजलाशले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो ।
दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०.८९ प्रतिशत शेयर छ । यो शेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार