कंचनपुरमा तीन पालिकाको टुंगाे
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २०:४५:३१
३ जेठ, महेन्द्रनगर । कंचनपुरका नौ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक÷एक पालिकामा जित निकालेका छन् । यहाँको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित भएका छन् ।प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन बडायकलाई एक हजार ६५८ मतान्तरले पराजित गर्दै एमालेका राना निर्वाचित भएका छन् । निर्वाचित रानाले चार हजार ५१६ मत ल्याएका थिए भने बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएका छन् । उनले कांग्रेसका राधा रानालाई पराजित गर्दै उपाध्यक्ष पद सुरक्षित गरे । यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार रहेका हरिचन्द्र राना अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै शान्तिनाथ निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा निर्वाचित राना कांग्रेसका उपसभापतिसमेत हुन् । उनले चार हजार २०१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार अक्कलबहादुर विष्टले दुई हजार ३०१ मत प्राप्त गरेका छन् । सो पालिकामा यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यसैगरी यहाँको दक्षिण क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा माओवादीका उम्मेदवार पोतिलाल चौधरी दोस्रो पटक नगरप्रमुख पदमा निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चौधरी पहिलो पटक बेलौरी नगरपालिकाको नेतृत्वमा पुग्नु भएको थियो ।
नगरप्रमुखमा चौधरीले ८ हजार ७८७ मत प्राप्त गर्नुभएको छ भने उनका निकटत्म प्रतिस्पर्धी एमालेका उम्मेदवार कमला बोहराले ६ हजार ८०३ मत प्राप्त गरेका छन् । बेलौरी नगरपालिकाको उपप्रमुखमा भने एमालेका जोगराम चौधरी सात हजार ५८३ मतसहित निर्वाचित भएका छन् । त्यसैगरी यहाँको भीमदत्त नगरपालिका, बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा एमालेका उम्मेदवार जारी मतगणनामा अग्रता लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार