जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २१:१८:२०
३ जेठ, जुम्ला । स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो ।
चन्दननाथ नगरपालिका-१ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन सय चार मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादी केन्द्रका राजबहादुर झाक्री दुई सय ४५ मत प्राप्त गरी पराजय भएका हुन् । सोही नगरपालिका–२ वडामा कांग्रेसका हेमबहादुर बुढ्थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय तीन मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले एक सय ६६ मत प्राप्त गरेका हुन् ।
चन्दननाथ नगरपालिका–४ वडामा कांग्रेसका नवराज देवकोट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय ७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले दुई सय १८ मत प्राप्त गरेका छन् । सोही नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका रवीबहादुर थापा निर्वाचित भएका छन् । उनी तीन सय ६० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उनका प्रतिद्धन्द्धी समाजवादीका कृष्ण थापाले दुई सय ३९ मत प्राप्त गरेका छन् ।
गुठीचौर गाउँपालिका–१ मा कांग्रेसका अर्जुनकुमार महतारा वडाध्यक्षमा निर्वाचित भएका छन् । पातारासी गाउँपालिका –२ मा कांग्रेसका बलबहादुर बोहरा निर्वाचित भएका छन् । उनले चार सय ३४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका कन्न बोहराले चार सय ३२ मत प्राप्त गरी दुई मतले पराजित भएका हुन् ।
सोही गाउँपालिका–५ मा कांग्रेसका दत्तबहादुर बुढा निर्वाचित भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका टेकबहादुर बुढाले तीन सय २४ मत प्राप्त गरेका हुन् । वडा नम्बर ६ मा कांग्रेसका कर्मबहादुर विष्ट निर्वाचित भएका छन् । उनले तीन सय २२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका सिंगबहादुर विष्ट एक सय ८६ मत प्राप्त गरी पराजय गरेका छन् ।
कनकासुन्दरी गाउँपालिका-१ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भैरबहादुर बुढा ६ सय ३० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका भक्तबहादुर बुढाले चार सय ९६ मत प्राप्त गरी पराजय भएका हुन् ।
सिंजा गाउँपालिका–१ वडामा कांग्रेसका हरिनन्द आचार्य निर्वाचित भएका छन् । उनले दुई सय ७२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी माओवादीका धनडोमा तामाङ रोकायाले दुई ४० मत प्राप्त गरी पराजय भएकी छन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनले तीन सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका मोती दमाईले तीन सय ६ मत प्राप्त गरी पराजय भएका हुन् ।
हिमा गाउँपालिका–१ वडामा कांग्रेसका रतनबहादुर शाही निर्वाचित भएका छन् । उनले तीन सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका राजेन्द्रप्रसाद आचार्यले दुई सय २८ मत प्राप्त गरी पराजय भोगेका हुन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कालो शाही निर्वाचित भएका छन् । उनी दुई सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार दल्जित शाहीले एक सय ७६ मत प्राप्त गरेको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । हिमा गाउँपालिका–६ वडामा कांग्रेसका उपराज अधिकारी निर्वाचित भएका छन् । उनले दुई सय ७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका वीर तिरुवाले दुई सय २७ मत प्राप्त गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार