सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिस्कार
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २१:३७:११
३ जेठ, काठमाडौं । यस अघि लगातार संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले मंगबार सभामुख अग्निप्रसाद साप्कोटाले बोलाइको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गरेको छ ।
प्रमुख विपक्षी दलको रुपमा रहेको नेकपा एमाले बैठकमा अनुपस्थित रहेपछि उसले गर्दे आएको संसद अवरोध कायमै राख्ने देखिएको छ ।
बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो ।
संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा जारी छ ।
एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो । एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ ।
पार्टी विभाजनमा सभामुख सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै एमालेले सभामुखले नै निकास दिनुपर्ने माग राख्दै आएको छ ।
माधव नेपालसहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाही सम्बन्धी सूचना टाास गर्नुपर्ने एमालेको माग छ । सांसदलाई कारबाही गरेको सूचना नटाँसे सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार