सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा एमाले विजयी
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २१:४२:४२
३ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका छन् । आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका हुन् । उनका निकतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले दुई हजार ६७६ मत मात्र ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएकी छन् । कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दे उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएकी हुन् । उपप्रमुख चार हजार ११० मत ल्याएर विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाएकी छन् । मादी नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख नै एमालेले जितको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार