अर्थमन्त्री शर्माको विनियोजन विधेयकमाथि बुधबार र बिहीबार छलफल गरिने
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार २३:८:७
३ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भोलीबाट छलफल हुने भएको छ ।
मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावमाथि ४ र ५ जेठमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । १५ जेठमा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
यस्तै प्रतिनिधिसभाले पूर्वसांसद् विष्णुराज आचार्यको निधनमा शोक प्रस्ताज पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसांसद आचार्यको निधनमा शोक प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।
नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित आचार्यको ७४ वर्षको उमेरमा गत १० वैशाखमा निधन भएको थियो ।
बैठकले आचार्यको निधनप्रति शोक प्रकट गरी श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । संसदको अर्काे बैठक ४ जेठ बुधबार दिउँसो १ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार