कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की ८९६ मतान्तरले अघि
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार ०:३:२४
३ जेठ,काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका उपेन्द्र कार्की ८९६ मतान्तरले अघि लागेका छन्। कार्कीले पाँच हजार ५६५ मत पाएका छन् । उनलाई पछ्याउँदै नेकपा (एमाले) का रामशरण ढुंगानाले चार हजार ६६९ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिए । नगर प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का कृष्णहरि थापाले एक हजार ४६७ मत पाएका छन् । थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित भएका थिए । एमाले फुटेपछि उनी समाजवादीमा लागेका हुुन् । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले ४२४ मत पाएका छन् ।
यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले पाँच हजार ४७७ मतका साथ अग्रता कायम गरेका छन् । उनलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र) का भोला चापागाईंले तीन हजार १०० मत पाएका छन् । समाजवादीका सरस्वती नेपालले ९०० मतका साथ पछ्याइरहैका छन् । नगर उपप्रमुख राप्रपाका उम्मेदवारले ७५० मत पाएका छन् ।
नगरपालिकाको वडा नं २, ८ र ९ मा कांग्रेसले जितेको छ । वडा नं १ मा एमालेले विजयी हासिल गरेको छ । हाल वडा नंं ३ र ७ को मतगणना भइरहेको निर्वाचन अधिकृत राउतले सुनाए । दुई वडाको मत परिणाम आउन बेलुकीसम्म लाग्ने नगर निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणनास्थल बढाउन मानेनन दलले
नगरपालिकामा दुई स्थानमा मात्र मतगणना भइरहेको छ । धेरै स्थानमा मतगणना गर्न कार्यालयले छलफल चलाए पनि दलका प्रतिनिधिले नमानेको निर्वाचन अधिकृत राउतले बताउनुभयो । नगरपालिकामा अझै वडा नं ४, ५ र ६ को मतगणना सुरु भएको छैन । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडा अध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार